१२ बैशाख २०८१, बुधबार

आज १,५३९ कोरोना संक्रमित थपिए, १७३ जना आईसियुमा र २६ जना भेन्टीलेटरमा उपचाररत

corona insurance

नेपालमा आज (बुधवार) १०,४९४ पिसिआर टेस्ट भएकोमा थप १,५३९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १६,२४२ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ । हाल क्वारेन्टाइनमा ७,८२० जना रहेका छन । पछिल्लो २४ घण्टामा १०६८ जना र आज सम्म ४१,७०६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

प्रदेश अनुसार आईसियुमा १७३ जना उपचाररत छन जसमा प्रदेश १ मा ४, प्रदेश २ मा ९, बाग्मती प्रदेशमा १२३, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २२ जना, कर्णाली प्रदेशमा ९ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा २५ जना र सुदुर पश्चिममा १ जना गरी जम्मा २६ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ८ जनाको निधन भएको छ । हालसम्म मृतक ३७९ जनामा काेराेना पुष्टि भएकाे छ।