१३ बैशाख २०८१, बिहीबार

विद्युतको पोल गाडदा करेन्ट लागेर एक जनाको निधन

electrocuted

दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नं २ वडिमाईमा विद्युतको पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको घटनास्थलमै निधन भएको छ ।

नयाँ पोल विस्तार गर्ने क्रममा करेन्ट लाग्दा भैरवीगाउँपालिका वडा नं. २ का २४ बषिय पुस्कर थापाको ज्यान गएको र वडा नं २ का भुपेन्द्र थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका ईन्स्पेक्टर उपेन्द्र आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार विद्युतको पोल गाड्ने क्रममा ढलेर उक्त पोलले मेनलाईनमा एक्कासी छुन गएको र विधुत प्रवाह भएपछी करेन्ट लागेको बताइएको छ । घाइते थापाको दुल्लु अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

दुल्लु अस्पतालमा उपचार भईरहेको थापाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।