२२ बैशाख २०८१, शनिबार

कर्णालीमा बालविवाह रोक्न अनलाइन अभियान शुरु

Child marriage nepal

कैयौँ बर्षदेखि समाजमा जरा गाडेको बाल विवाहमा कमी ल्याउनको लागि कर्णालीमा अनलाइन अभियानको शुरुवात गरिएको छ ।

कोभिड-१९ले जनजीवन ठप्प पारेको बेला बालविवाह विरुद्धको अभियानमा आम नागरिकको घर आँगनमा पुगेर सन्देश दिने काम चुनौतीपुर्ण भएपछी अनलाइका माध्यामबाट सो सम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यका साथ अभियानको शुरुवात गरिएको हो ।

कोरोनाको कारणले विवाहमा कमी नआएको र अधिकांश बालविवाहको चपेटामा परेको भन्दै कर्णालीमा राष्ट्रिय बालदिवसको अवसर पारेर सप्ताह व्यापी “बालविवाह विरुद्ध मेरो संकल्प” अभियान थालनी गरिएको छ । उक्त अभियान मिति २०७७ भदौ २३ देखी २९ गते सम्म संचालन हुँदै छ ।

कर्णाली प्रदेशका बालबालिकाको मुख्य सामाजिक समस्या बालविवाह भएकोले राष्ट्रिय बालदिवसको अवसर पारेर भदौ २९ गते सम्म एक हप्ते बालविवाह विरुद्धको अनलाइन अभियान चलाईएको आवाज कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णालीमा बालविवाह कम गर्ने विभिन्न संघ संस्थाहरु लागी परेको भन्दै आवाज र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा यो कार्यक्रम संचालन गरिएको हो । उक्त कार्यक्रमले बालविवाह सम्बन्धी अनलाइन सन्देश प्रवाह गर्नेछ ।

हाल नेपाली नागरिक कोरोनाको डरले आक्रान्त छन । त्यसमाथी पनि नेपाली नागरिकहरु घरेलु हिंसा, मनोसामाजिक समस्या, सम्बन्ध विच्छेद, बहुविवाह, वेरोजगार, आर्थिक अभाव, आत्महत्या जस्ता समस्याले गुज्रिरहेका छन् ।

कर्णाली प्रदेशमा यिनै समस्याहरुको कारण हेर्दा बालविवाह प्रमुख रहेको पाइन्छ । अझ महामारीको अवस्थामा पनि कर्णाली प्रदेशमा बालविवाहको दरमा कमी आएको छैन । यो समयलाई मध्यनजर गर्दै बृहत रुपमा सचेतना फैलाउन र नागरीकमा सचेतना जागृत गराउन बालविवाह विरुद्ध अनलाईन अभियान संचालन गर्न लागेको अभियन्ता चेतन पुरीले बताए ।

उनका अनुसार यो कार्यक्रममा बालबालिका, विद्यार्थी, नागरिक समाज, समुदायका व्यक्ति, बौद्धिक वर्ग, पत्रकार, सरकारी कर्मचारी, राजनैतिक दल र जनप्रतिनिधिहरु सवैको प्रत्यक्ष संलग्नता समेत रहने छ । सहभागीहरु सवैको सामाजिक संजाल फेसवुकको “Campaign Against ECM” पेज मार्फत संकल्प सहितको फोटो वा विचार, टिप्पणी र ऐक्यवद्धता प्रसारण गरिने छ ।

समय सन्दर्भ हेर्दा यो कार्यक्रम प्रभावकारी, अर्थपुणर्, समयसापेक्षी र अवस्था अनुकुल देखिन्छ ।