१४ बैशाख २०८१, शुक्रबार

‘चिनी छैन’ भनेको रिसमा चिर्पटले हानेर पसलेको हत्या

Dead

रोल्पामा गएराति दुई बजे ‘चिनी चाहियो’ भन्दै पसल खोल्न लगाएर चिर्पटले हानेर पसलेको हत्या भएको छ।

परिवर्तन गाउँपालिका-३ मा बुधबार राति दुई बजे ४४ वर्षीय रामचरण बादीले ४० वर्षीय मनबहादुर बादीको हत्या गरेको प्रहरीले जनाएको छ।

उनीहरू एकै टोलमा बस्ने गर्थे। ‘उनीहरूबीच पहिलेदेखि नै मनमुटाव रहेछ। राति एक्कासि उठेर गएर चिनी चाहियो भन्दै गएछन्,’उनले भने,’मनबहादुरको पसल पनि छ। अनि उठेर आएपछि हिर्काएछ।’

हत्यामा संलग्न स्थानीय  ४४ वर्षीय रामचरण बादीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार रामचरणले वनचरोको बिडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

गएराती २ बजे चिनि किन्न भन्दै पसलमा आएका रामचरणलाई मृतक मन बहादुरले ‘चिनी छैन’ भनेपछि उनले आक्रमण गरेका थिए । मध्यराती ढोका ढकढक्याएको र ढोका खोली सकेपछि चिनी सोध्ने क्रममा ‘छैन’ भन्नसाथ चिर्पटले हानेर हत्या गरेको आरोपी रामचरणले प्रहरीलाई साविती बयान दिएका छन् ।

‘रामचरणको अलि मानसिकरूपमा पनि समस्या भएको बुझिएको छ। धेरै ठूलो विवाद नभए पनि सानोतिनो मनमुटावमात्रै भएको बुझिन्छ,’उनले भने।

मनबहादुर बादीको पोष्टमार्टम गर्नको लागि जिल्ला अस्पताल ल्याइँदै गरेको उनले बताए।