१५ चैत्र २०८०, बिहीबार

आफनै साथीको हत्या गर्ने तीन जना पक्राउ

pakrau 2 750x375 1

जग्गाको बिषयलाई लिएर आफनै साथीलाई हत्या गर्ने ३ जनालाई प्रहरीले सार्वजनिक गरेका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही बस्ने जाकिर हुसेनका १४ बर्षीय छोरा साहिद हुसेन मियाँलाई हत्या गर्ने स्थानीय २५ वर्षीय क्यामुदिन मंसुरी, सोहि ठाउँ बस्ने २१ वर्षीय अफसान भनिने हमर हुसेन मियाँ हजाम र १९ बर्षीय आवेदिन मियाँलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । फागुन ११ गते घरबाट लागु औषध खानका लागि बोलाई घाटीमा डोरी प्रयोग गर्दै तीनै जनाले ढुंगा र घरेलु हतियार प्रहार गरेर हत्या गरेको उनीहरुले स्वीकार गरिसकेको अनुसंन्धान अधिकृत एवम प्रहरी प्रवतmा गौतम मिश्रले बताएका हुन् । परिवारिक तथा जग्गाको बिवादको बिषयलाई लिएर हत्या गरेको प्रवतmा मिश्रले भने । हत्या भएको १७ दिन पछि जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० बेहरास्थित फैक्ट्रीहरुको फोहरको थुप्रोमा गाडिएको अवस्थामा मृतकको शव फेला पारिएको प्रवतmा मिश्रले जानकारी दिए । मृतक र हत्यारा लागू औषध सेवनकर्ता रहेको अनुसंन्धानबाट खुलेको छ ।

हत्या भएको अघिल्लो दिन नै तीनै जनाले साहिदको हत्या गर्ने योजना बनाएको र क्यामुदिनले आफनो घरबाट दाव(धारिलो हतियार) अगाडी नै घटना गर्ने ठाउँमा राखेर गएको प्रवतmा मिश्रको भनाई रहेको छ । आवेदिन मियाँले ल्याएको डोरी क्यामुदिनलाई दिएपछि मृतकलाई पछाडीबाट घाटीमा डोरी बाँधेर भुईमा लडाएपछि मृत्यू भयो कि भएन भनेर दावले खुट्टादेखि शशिरको बिभिन्न भागमा काटन शुरु गरेको अनुसन्धानबाट खुलेको प्रवतmा मिश्रले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई कर्तब्य ज्यान सम्बन्धी मुद्दामा म्याद लिई अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए । । यो भन्दा अगाडी पनि निजगढमा लागूऔषध प्रयोगमा बिषयमा झगडा हुदा आफनै सहपाठीलाई हत्या गरेको थियो ।