६ बैशाख २०८१, बिहीबार

‘दोहोरी च्याम्पियन’ का निर्णायकको चौतर्फी आलोचना

kalpana dhahal chandra sharma

शनिबारबाट नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’का जजको आलोचना भएको छ ।
रियालिटी शोका निर्णायकमध्येका एक निर्णयक चन्द्र शर्माको बढि आलोचना भएको छ । उनले दोहोरी गायिका कल्पना दाहालमाथि गरेको टिप्पणीमा धेरैले सामाजिक सञ्जाल तथा युटुवकका कमेन्टमा आक्रोश पोखेका छन् ।

चाँगुनारायण थान भाको गीत गाएकी कल्पना दाहाललाई चन्द्र शर्माले ‘हामीले अरु कुनै टीभी–टीभीतिर देखेको कल्पना बैनी हो तपाई ? तपाई अरु–अरु दोहोरी, एक दुई चोटी कताकता भाइरल–साइरल भएको बैनी हो ? त्यही कल्पना बैनी हो ?’ भनेका छन् । प्रतियोगीलाई निर्णायकले ‘होच्याएर’बोलेको भन्दै अधिकांशले गाली गरेका छन ।

यस रियालिटी शोमा निर्णायकका रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् । कार्यक्रमलाई गायक बद्री पंगेनी र गायिका प्रिती आले सञ्चानल गर्दै आएका छन् ।

शनिबार बेलुका ८को समाचारपछि आउने यस रियालिटी शो युट्युबमा सार्वजनिक भएको केहि बेरमा नै गाली बर्सिएको हो । ९ हजार भन्दा बढि कमेन्टकर्ताले रियालिटी शोका जजलाई गाली गरेका छन् । ‘दोहोरी च्याम्पियन’लाई नेपाली लोकदोहोरी क्षेत्रकै सबैभन्दा ठूलो दोहोरी रियालिटी शो भनिएको छ । रियालिटी शो विजेताले २० लाख,प्राप्त गर्नेछन् भने दोश्रो स्थान प्राप्त गर्नेले १० लाख, तेश्रो स्थान प्राप्त गर्नेले ३ लाख र एक जनाले २ लाख पुरस्कार सहितको सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।

    सम्बन्धित समाचार...