१९ बैशाख २०८१, बुधबार

दैलेखमा निषेधाज्ञा कडाई

Dailekh lockdown

जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञालाई कडाई गरेको छ । जिल्लामा कोरोनमा संक्रमितको संख्या बढेपछी भदौ ४ गते जिल्ला भित्र भिडभाड कम गर्न निषेधाज्ञा जारी भएको थियो । दैलेखमा समुदाय स्तरमा समेत कोरोना संक्रमितको संख्या देखिदै गएको भन्दै जिल्लाभर निषेधाज्ञा लागु गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

जिल्लाभर तीजलाई लक्षीत गर्दै गरेको निशेधाज्ञालाई, तेस्रो पटक निरन्तरता दिदै भदौ १२ गते राति १२ बजे सम्म जारी राखिएको छ ।

निषेधाज्ञा अवधिभर औषधि पसल लगायत स्वास्थ्य सेवा, खानेपानी, इन्धन, कृषि उपज ओसारपसार लगायतका अत्यावश्यकीय सेवाहरु विहान ६ बजेदेखि ८ बजेसम्म र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म खुला रहने जनाईएको छ । त्यसबाहेकका सेवा भने १२ गते सम्ममै ठप्प रहनेछन् ।

स्वास्थ्य सचेतना र सुरक्षा सावधानीमा बेवास्ता भएको कारण समुदायमा कोरोना संक्रमण देखिन थालेपछि जिल्लाभरमा निषेधाज्ञा जारी गरिएको र कडाईका साथ कार्यान्वयन गर्ने रणनीति लिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

यस अधिको निषेधाज्ञा केही मात्रामा खुकुलो भए पनि आज विहानबाटै निषेधाज्ञालाई कडाई गरिएको र सदरमुकाम सुरक्षा ब्यवस्थामा पनि कडाई गर्दै प्रशासनले अनुगमन समेत गरिरहेको छ ।

कर्णाली प्रदेशमा कोरोना संक्रमित देखिने पहिलो जिल्ला दैलेख रहेको र हाल सम्म दैलेखमा मात्र १ हजार ३८ जना कोरोना संक्रमित फेला परेका छन । संक्रमित मध्ये ९ सय ८१ जनाले कोरोनालाई जितिसकेको र ५७ जना आइसोलेसनमा रहेका छन भने ३ जनाले कोरोनाकै कारणले ज्यान गुमाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका फोकल प्रसन थिरप्रसाद रेग्मीले जानकारी दिए।

कोरोना संक्रमणको संख्या अत्यधिक भएकै कारण जिल्ला सदरमुकाम दैलेख बजारमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । भारतमा मजदूरी गर्नेहरु फर्किएपछि जेठको पहिलो सातादेखि दैलेखमा कोरोना संक्रमित फेला पर्न थालेका थिए ।

भारतमा मजदूरी गर्नेहरु करिव ४० हजार अनुमान गरिएको र दुबै देशमा लकडाउन घोषणा भएकै समयमा वैशाख यता आफ्नो रोजगारी गुमेको कारण करिब १९ हजार युवाहरु जिल्ला फर्किएका जिल्ला प्रशासन कार्यलयको तथ्याङ्कमा छ ।