६ बैशाख २०८१, बिहीबार

‘पुजारी हत्या’ बिरुद्धको आन्दोलन रोक्न गृहको गोप्य सर्कुलर

pujari

रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ ।

रौतहटका पुजारी श्रीराम साहको हत्यारालाई कारवाही गर्नुपर्ने भन्दै शुरु भएको दवाबपूर्ण प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएको छ आइतबार गृहले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई ‘अत्यन्त जरुरी’ पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ ।

नारायण नगरपालिका–२ स्थित हनुमान मन्दिर परिसरमा गोली हानेर हत्या गरिएको घटनाको हत्या अनुसन्धान गर्नेबारे चाहिँ गृहले सो सर्कुलरमा केही उल्लेख गरेको छैन ।

चार दिन अघि सम्प्रेषित पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरुमा हुनसक्ने ‘अवाञ्छित गतिविधि’ रोक्न भनिएको छ ।

मन्त्रालयका शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरेरको पत्रमा भनिएको छ–‘हिन्दु धर्म पक्षधरले शुरु गरेको अवान्छित गतिविधि रोक्न र कानुनविपरित काम गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशनुसार अनुरोध छ ।’

गृह मन्त्रायलका सूचना अधिकारी प्रेमलाल लामिछाने भने शान्ति सुरक्षामा खलल पुग्ने विषयमा संवेदनशील भएर हेर्नू भनेर परिपत्र जारी हुनु सामान्य विषय भएको बताउँछन् ।

पुजारी हत्याको अनुसन्धान गर्न माग गर्दै भदौ ४ मा दाङको तुलसीपुरमा ‘स्वतन्त्र युवा समूह’ले प्रदर्शन गरेका थिए । उनीहरुले हिन्दु धर्ममाथि चौतर्फ आक्रमण भएको दावी गरेका छन् ।

गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । प्रकरणको एक साता वितिसक्दा पनि प्रहरीले अनुसन्धानमा कुनै महत्वपूर्ण सफलता हात पार्न नसकेको भन्दै अहिले नागरिकले विरोध जनाइरहेका छन् ।

वृहत सनातन महासंघका केन्द्रिय संयोजक श्री निवासाचार्यसहितको समूहले भदौ ५ मा सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत हत्यारा पत्ता लगाउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । वृहत सनातन महासंघले नेपाललाई हिन्दु धर्म घोषणा गर्नुपर्ने माग समेत गरेको थियो ।

पुजारी हत्याबारे अनुसन्धान भइरहेको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताएका छन् । ‘पुजारीको व्यक्तिगत पक्ष, रिसिवी र आर्थिक पक्षको विश्लेषण गर्दै छौँ, हत्यामा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याउँछौँ’ सिंहले भने

अनुसन्धानमा प्रहरी गम्भिर नभएको आरोप लागिरहेका बेला गृहको सर्कुलर सार्वजनिक भएपछि नागरिक आक्रोश बढेको छ ।

circular of home ministry 830x1024 1