१४ बैशाख २०८१, शुक्रबार

चित्लाङमा दुर्लभ राजगोमन फेला

King Kobra..

दुर्लभ र विषालु मानिने राजगोमन (किङ्ग कोब्रा) प्रजातिको सर्प उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा भेटिएको छ । गत साउन ७ गते राति चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि वडाध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गर्नुभएको थियो । बलामीले स्थानीय क्षेत्रमा पाइने सर्प छोपेर बसिरहेका अवस्थामा राजगोमनलाई देख्खनुभएको थियो ।

भक्तपुरबाट सर्प उद्धार समूहका सदस्य बोलाई सोमबार राजगोमनको उद्धार गरिएको थियो । राजगोमन नौ फिट १० इन्च लामो र चार किलो तौलको छ । उद्धारपछि समूहका सदस्यले स्थानीयवासीलाई राजगोमनका बारेमा जानकारी गराएका थिए । उद्धार गरिएको राजगोमनलाई चित्लाङस्थित चन्द्रागिरि जङ्गलमा लगेर सुरक्षित तवरले छाडिएकोे वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।