१५ चैत्र २०८०, बिहीबार

उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म बढाउन सिफारिस

lockdown 1

जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले काठमाडौं उपत्यकाभरि निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी तुलसीराम पौडेलले बताए।

उनका अनुसार सो सिफारिसबारे औपचारिक निर्णय हुन बाँकी नै छ।

सो सिफारिसबारे आवश्यक निर्णय लिन अहिले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसिरहेको छ।

उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साताको निषेधाज्ञा लागू गरेका थिए । जुन बुधबार सकिँदैछ । सिफारिस लागू भए अब एक साता अर्थात् भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा कायम रहन्छ।