१४ बैशाख २०८१, शुक्रबार

हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु, १५ जना घाइते

accident

हेटौंडा, साउन ३१ । हेटौंडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो ।

काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नम्बरको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित समाचार...