१७ बैशाख २०८१, सोमबार

नेकपा कार्यदलले बुझाएको प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले बुझे

pratibedan zJliIJOcDD scaled

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठन भएको आयोगले प्रतिवेदन बुझाएको छ। नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न ८ दिनअघि कार्यदल गठन भएको थियो।

विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ । कार्यदलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रतिवेदन बुझाएको हो।

शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले  शनिबारै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा हस्तान्तरण गरेको हो । प्रतिवेदनमा गरिएको कार्यविभाजन अनुसार केपी ओलीले पुरै ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख छ ।

गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

1598093526karyadal 1