१४ बैशाख २०८१, शुक्रबार

साँखुमा १५ कोरोना भाइरस सङ्क्रमित

sakhu gate

शङ्करापुर नगपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५ पुगेको छ । उपत्यका विभिन्न ठाउँमा सङ्क्रमितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो रुपमा छ ।

सङ्क्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिनुभयो ।

यो साता नगरपालिकामा २६२ जनाको पिसिआर परीक्षण गरेको बताउँदै चापागाईंले सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेको जानकारी दिनुभयो ।

नगरपालिकाले सङ्क्रमितहरुको उपचारको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालसँग सहकार्य गर्दै आइरहेको छ । नगरपालिकासँगको सहकार्यमा स्वास्थ्यकर्मीहरु नियमित उपचारमा खटिरहनुभएका प्रमुख चापागाईंले बताउनुभयो ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले सेमि­लकडाउनको घोषणा गर्दै सवारीसाधन आवतजावत र अनावश्यक हिडँडुल गर्न कडाइ गर्दै आएको छ ।