१२ बैशाख २०८१, बुधबार

सिन्धुपाल्चोकको लिदिमा पहिरोले गाँउनै पुरेको आशंका

sindhupalchowk lidi

आज बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदिमा पहिरो जाँदा एकै गाँउका कम्तिमा २२ घर पुरिएको आशंका गरिएको छ । पहिरोको कारण थप केहि घर जोखिममा रहेको समाचार प्राप्त भएको छ ।

वडा अध्यक्ष प्रताप लामाले जानकारी दिए अनुसार ठुलो मानविय क्षति भएको अनुमान गरिएको छ । उनले खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाईएको बताए।

लिदिमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए। ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको अध्यक्ष लामाले बताए।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएअनुसार प्रहरी घटनास्थल पुग्दै गरेको छ भने घटनाको थप विवरण आउन भने बाँकी छ ।

lisdi pahiro