१६ चैत्र २०८०, शुक्रबार

भरतपुर अस्पतालको इमरजेन्सी अनिश्चित कालका लागि बन्द

bharatpur hospital

अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई कोभिड १९ को संक्रमण देखिएपछि चितवनको भरतपुर अस्पतालले एक सुचना जारी गर्दै अर्को सुचना नभएसम्म का लागी आकस्मिक सेवा बन्द गरेको छ।

साउन २९ गते अस्पतालको आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो। उनमा संक्रमण पुष्टि भएसँगै अस्पतालले आकस्मिक सेवा बन्द गर्ने निर्णय गरेको हो।

‘साउन २९ गते साँझ ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक सेवा सिल गरिएको जानकारी गराइन्छ,’ अस्पताल प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।

बिशेष परिस्थिति सिर्जना भई अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जानाकारी गराईन्छ ।

Posted by Bharatpur Hospital on Thursday, August 13, 2020