२४ बैशाख २०८१, सोमबार

काठमाडौं उपत्यका आवतजावतमा पूर्ण रोक

dao ktm

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ ।

गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी पास वितरण बन्द गरेको छ। बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।

बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको पाण्डेले बताए ।

कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै बिहीबारदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको थियो। प्रशासनको उक्त निर्णयपछि अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन। 

एम्बुलेन्स, खाद्यन्न ढुवानी, सञ्चार माध्यम लगायतका पास आवश्यक नपर्ने सवारी साधन भने चल्न पाइने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

jilla1