१३ बैशाख २०८१, बिहीबार

काठमाडौंमा तीन अंकमा संक्रमित कायमै, आज थपिए ५२५ संक्रमित

corona 1

नेपालमा आज (बिहिबार) ९८५९ पिसिआर टेस्ट भएकोमा थप ५२५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ८०२५ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ९५७ पुगेको छ । हाल क्वारेन्टाइनमा १४७६९ जना रहेका छन । पछिल्लो २४ घण्टामा १०९ जना र आज सम्म १६,८३७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना गरेर उपत्यकामा १२७ जना संक्रमित थपिएका छन |

त्यस्तै हालसम्म मृतक ९५ जनामा काेराेना पुष्टि भएकाे छ।