१३ बैशाख २०८१, बिहीबार

नक्कली बिहे गरेर बलात्कार, २ लाख लिएर फरार !

thagi 1.5

विवाह गर्छु भनि ललाई फकाई उमेर नपुगेकी किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार र ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–७ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका –६ बस्दै आएका ३० वर्षीय राजन राजन बिश्वकर्मा भन्ने राजन सेन्चुरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-६ थानकोट चेकपोष्टबाट उनलाई पक्राउ गरेको हो । थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सेञ्चुरीले आफू अविवाहित भएको भनेर फकाएर डेरामा लगेका थिए ।

घटनाको अनुसन्धान गर्ने क्रममा राजनले महिलालाई केही महिना अगाडि फोन गरी आफ्नो नाम राजन श्रेष्ठ बताइ भेटघाट गर्न बोलाएको र भेटघाटमा आफु अविवाहित पुरुष भएको बताएका थिए ।

भेटघाटमा राजनले विवाह गर्न राखेको प्रस्ताव स्विकार गरी उनीहरुले प्रेम विवाह गरेर साउन १६ गते देखि २१ गतेसम्म थानकोट चेकपोष्टस्थित डेराकोठामा बसेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो ।

त्यहाँ उनीहरुले प्रेम विवाहसमेत गरेका थिए । सँगै बस्न थालेको पाँच दिनपछि दराजबाट दुई लाख रुपैयाँ तथा एक तोला सुन लिएर सञ्चुरी फरार भएका थिए । त्यसपछि पीडितले प्रहरी गुहारेकी थिइन् ।

साथै साउन २२ गते राजनलाई कोठामा नदेखि खोजी गर्दा दराजमा राखेको नगद २ लाख रुपैयाँ, १ तोला बराबरको सुनको सिक्री, १ तोला बराबरको सुनको रिङ र १ थान मोवाइल राखेको स्थानमा नभएको तथा निज राजन सम्पर्क विहिन भएका थिए ।

श्रेष्ठका अनुसार पक्राउ परेपछि उनले विहेको नाटक गरेको खुलेको थियो भने उनी पहिल्यै विवाहित भएको पनि युवतीले चाल पाइन् । राजन उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी तथा ठगी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।