१४ बैशाख २०८१, शुक्रबार

रुकुम घटनाका प्रति परिवारलाई १० लाख राहत दिने मन्त्रिपरिषदको निर्णय

rukum

सरकारले रुकुमको चौरजहारी घटनाका मृतकलाई प्रतिपरिवार १० लाख दिने निर्णय गरेको छ। सो घटनामा ६ जनाले ज्यान गुमाएका थिए। घटनामा नवराज बिक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही तथा टीकाराम नेपालीले ज्यान गुमाएका थिए।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घटनाका मृतकलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। मंगलबार निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मृतकलाई आर्थिक सहायताका साथै घाइतेको उपचार खर्च बेहोर्ने जानकारी दिए।

रुकुम चौरजहारीको सोती गाउँमा जेठ १० गते मल्ल थरकी प्रेमीकालाई भगाएर ल्याउन भनी आफ्ना १८ जना साथीहरुलाई लिएर नवराज विक पुगेपछि उनीहरुमाथि लखेटी लेखटी आक्रमण भएको थियो।

सो क्रममा बिकसहित ६ जनाले ज्यान गुमाएका थिए।