१३ बैशाख २०८१, बिहीबार

होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने, टेक अवेमात्रै

cabinet decision

सरकारले होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने नियम पुन: लागू गरेको छ।

साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएकोमा र कोरोना महामारी बढेकोले फेरि टेक अवेमात्रै गर्न मिल्ने बनाइएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

‘होटल रेष्टुरा खोल्ने भनिएको थियो। अब होटल र रेष्टुराबाट तयार गरेको खाद्य परिकार लैजाने सेवा टेक अवेमात्र दिने निर्णय भएको छ,’ मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परिचालित हौऔं भन्दा मास्क नलगाउने र भीडभाड बढेपछि टेक अवेमात्रै सञ्चालन गर्न दिइएको हो।’