१४ बैशाख २०८१, शुक्रबार

(आदेशसहित) निजी र ट्याक्सीमा जोरबिजोर कायमै

61f27593e6d26 17

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू गरिएको जोरविजोर प्राणली हट्ने भएको छ । शुक्रबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीमा लागू भएको जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहने भएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उक्त निर्णय आज मध्यरातिबाट नै लागू हुने बताए ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यसअघि शुक्रबार सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

कोरोनाको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गरेको छ ।

अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई हटाउन सिफारिस गरेको हो । यस्तै विद्यालय, रात्रीकालिन व्यवसाय र फिल्म हल पनि माघ मसान्तसम्म बन्द नै राख्ने निर्णय गरेको छ ।

1 2
2 2
3 3
4 1
5