७ बैशाख २०८१, शुक्रबार

अब कालापानीबाट भारतीय सेना हट्नु पर्छ : भीम रावल

Bhim Rawal

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले गौतम बुद्ध नेपालमा जन्मिएको तथ्यविपरित भारतीय विदेश सचिवबाट दिईएको अभिव्यक्तिलाई विदेश मन्त्रालयले सच्याएको उल्लेख गर्दै अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौज फिर्ता गर्ने र प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन अघि बढाउने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

रावलले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन अगाडि बढाउनु पर्नेमा समेत जोड दिएका छन् ।

पूर्व मन्त्री समेत रहेका नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्य विपरित भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ,’।‘अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने र प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुपर्छ ।’

सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदी नै दुई देशबीचको सीमाना भए पनि भारतले कालापानीमा आफ्नो सुरक्षा फौज राखेको छ ।