११ बैशाख २०८१, मंगलवार

नेपाल आउन दश नाकाबाट मात्रै पाइने

नेपाल आउन दश नाकाबाट मात्रै पाइने

सरकारले १० वटा नाकाबाट मात्रै नेपाल आउन पाइने बताएको छ।

स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ।

मन्त्रिपरिषदले गरेको यो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुने उनले बताए।

    सम्बन्धित समाचार...