१२ बैशाख २०८१, बुधबार

काठमाडौं जिल्लामा मात्रै संक्रमित १०० नाघ्यो, जम्मा १०,४६२ पिसिआर परिक्षण

corona 1

नेपालमा आज (मंगलवार) १०,४६२ पिसिआर टेस्ट भएकोमा थप ६३८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ७२०१ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९४८ पुगेको छ । हाल क्वारेन्टाइनमा ११,०५८ जना रहेका छन । पछिल्लो २४ घण्टामा १७१ जना र आज सम्म १६,६६४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ११०, ललितपुरमा १४ र भक्तपुरमा ८ जना गरेर उपत्यकामा १३२ जना संक्रमित थपिएका छन |

त्यस्तै हालसम्म मृतक ८३ जनामा काेराेना पुष्टि भएकाे छ।