८ बैशाख २०८१, शनिबार

गोंगबुमा मारिएका कृष्णबहादुर को हुन ? यसरी सफल भयो नेपाल प्रहरीको “जोजो अपरेसन”

kalpana shahi

आइतवार बिहान ७ बजे सुटकेशबाट रगत बगेको भन्दै प्रहरीलाई सूचना आयो । त्यसपछि प्रहरी घटनास्थल टोखा नगरपालिका–१० गोंगबुस्थित नवज्योति मार्गतर्फ लाग्यो ।

प्रहरीले घटनास्थलमा कालो सुटकेशबाट रगत बगिरहेको देख्यो, त्यसलाई खोलेर हेर्दा टाउको विनाको शव फेला पर्‍यो ।

प्रहरीले बाँकी शरीरको भाग खोज्न ‘जोजो’ नामक तालिम प्राप्त कुकुर परिचालन गर्‍यो । केही समयमै सुटकेश भेटिएको लगभग ३०० मिटर टाढा रातो जेब्रा झोलामा टाउको र खुट्टा फेला पार्‍यो ।

शरीरका टुक्रा फेला परे पनि विभत्स हत्याकाण्डको कारण र हत्याराबारे प्रहरी अनभिज्ञ थियो । हत्या गरेर कसले फालेको हो र किन हत्या गरिएको हो र यी कुरा पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।

केही विकल्प नभएर रन्थनिएको प्रहरीले सोमवार मारिएका व्यक्तिको फोटो सार्वजनिक गरेर चिन्ने मानिसले सम्पर्क गर्न अनुरोध गर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले तस्वीर सार्वजनिक गरेको केही घण्टामै हत्या भएका व्यक्तिको पहिचान खुल्यो । मारिएका व्यक्तिका मामाले महानगरीय प्रहरी वृत्त चक्रपथमा मृतक भान्जा भएको र उनी दाङका कृष्णबहादुर बोहोरा भएको जानकारी दिए ।

प्रहरीले मृतकको परिचय बताउने मामासँग नै कृष्णबहादुरको फोन नम्बर मागेर अनुसन्धान शुरू गर्‍यो । प्रहरीले यो अपरेसनको नाम, टाउको र खुट्टा भएको जेब्रा झोला पत्ता लगाउने कुकुर “जोजो” को नाम बाट राखेको थियो ।

police dog gongabu case

विभत्स हत्यामा आरोपीले छाडेका प्रमाण:

बोहोराको फोनमा सम्पर्क भएका व्यक्तिको अनुसन्धान गर्दा हत्या गरेकी महिलाको पहिचान भयो । कल्पनालाई पक्राउ गर्नु अगाडी प्रहरीले अरु केहि महिलाहरुलाई पनि पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले कल्पना मुडभरी (पौडेल)लाई चितवनबाट पक्राउ गरेर काठमाडौं ल्यायो, घटनाको सबै रहस्य खुल्यो ।

काठमाडौँ प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कल्पना एक्लैले रोल्पाका कृष्णबहादुर बोहराको हत्या गरि शरीरलाई टुक्र्याएर गोंगबुको गणेशस्थान नजिकै सडकमा ल्याएर राखेको दाबी गरेको छ।

प्रहरीका अनुसार ३७ वर्षीया कल्पनाले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेकी छिन्। कल्पना र उनकी १५ वर्षीया छोरीलाई प्रहरीले चितवनबाट पक्राउ गरि मंगलबार बिहान काठमाडौँ ल्याइपुर्‍याएको हो।

बोहरालाई मारिसकेपछि सुटकेशमा राखेर शवलाई बाहिर व्यवस्थापन गर्न कल्पनालाई उनकी छोरीले सहयोग गरेको प्रहरीको दाबी छ।

मृतकको सोमबार अपरान्ह मात्र सनाखत भएको थियो। प्रहरीले त्यसपछि हत्या गरिएको ठाउँ पत्ता लगाएको थियो।

सुटकेश भेटिएको स्थानभन्दा करिब सय मिटरको दूरीमा रहेको एक घरको तेस्रो तलामा रहेको कोठामा राेल्पाका कृष्णबहादुर बोहराको हत्या भएको प्रहरीले जनाएको छ। उक्त कोठामा  कल्पना छोरा र छोरीसहित तीनजनाको परिवार बस्थ्यो।

सोमबार दिउँसो  कोठा पत्ता लगाएर त्यहाँ पुगेको प्रहरीले भित्र हेर्दा कार्पेटमा रगतको टाटा भेटेको थियो।

कल्पना छोराछोरीलाई लिएर आइतबार साँझ हिँडेकाले प्रहरीले उनीमाथी नै शंका गरेको थियो। त्यसबाहेक मृतकको अण्डकोषमा चोट देखिएकाले महिलाबाटै उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका थियो।

काठमाडौँ ल्याइपुर्‍याए पछि कल्पनालाई उनी बस्ने कोठा लैजान लाग्दा त्यही घरमा पुर्‍याएकी थिइन्। प्रहरीले घटनास्थलबाट दुई वटा खुकुरी र एउटा हतौडा पनि बरामद गरेको छ। खुकुरीमा रगतको टाटो पनि देखिन्छ। प्रहरीलाई घटनामा कल्पनाको संलग्नता पुष्टि गर्न यही रगतको परीक्षण पर्याप्त हुने अनुसन्धान अधिकारी बताउँछन्।

‘मृतक बोहराको र  खुकुरी तथा कार्पेटमा भेटिएको रगत मिलेमा कल्पनाको संलग्नता पुष्टि हुन्छ’, अनुसन्धान अधिकारी भन्छन्।

को हुन् हत्या गरी फालिएका कृष्णबहादुर बोहरा ?

गत शनिबार राति काठमाडौंको गोंगबुस्थित नवज्योति मार्गमा हत्या गरी शव टुक्र्याएर सुटकेशमा हालेर फालिएका दाङका कृष्णबहादुर बोहरा घोराही उपमहानगरपालिका वडा नम्बर ११ बगाले टोलका बासिन्दा भएको दाङ प्रहरीले जनाएको छ । दाङ बसाइसराइ भएको भएपनि उनको नागरिकताको स्थायी ठेगाना भने रोल्पा हाे ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार बोहराका दुई श्रीमती छन् । जेठी श्रीमती घोराही मै छाडेर उनले कान्छी श्रीमती विवाह गरेका थिए । उनकी कान्छी श्रीमती भारतको फरिदावादमा बस्ने गर्दछिन् । बोहराले सात-आठ वर्षसम्म अफगानिस्तानमा बसेर फर्किएपछि काठमाडौंमा कपडाको ब्यवसाय गर्दै आएका थिए ।

उनी गत फागुनमा दाङस्थित घरमा आई केहीदिन बसेर फर्किएका थिए । घोराही–११ का वडाध्यक्ष कुलबहादुर लामिछानेले कृष्णबहादुर बोहरा साविक हापुर गाविस वडा नम्बर ६ निवासी जुद्धबहादुर बोहराका कान्छा छोरा भएको बताए । जुद्धबहादुरको मृत्यु भइसकेको छ भने उनकी पत्नी अर्थात् कृष्णबहादुरकी आमा भने दाङ मै बस्दै आएको प्रहरीले जनाएको छ । अंश लिएर उनका दाजुभाइहरु रोल्पाको रुन्चगढी गाउँपालिका वडा नम्बर ६ मा बसोवास गर्ने गरेको वडाध्यक्ष लामिछानेको भनाइ छ ।

रोल्पा जिल्ला प्रहरी कार्यालयसँग बुझ्दा उनकी दिदी कल्पना र भिनाजु भक्तबहादुर घर्ती त्यहाँ बसोबास गर्दै आएको जानकारी प्राप्त भएको छ । प्रहरी निरीक्षक क्षेत्रीले पनि कृष्णबहादुर बोहरा अफगानिस्तानबाट फर्केपछि भारतमा गएका र केही दिनपछि फर्किएको जानकारीमा आएको बताए ।

क्षेत्रीका अनुसार बोहराका चार दाजुभाइमध्ये जेठा र साईला दाजुको मृत्यु भइसकेको छ भने माईला दाजु विदेशमा छन् । प्रहरीका अनुसार काठमाडौंमा बस्ने चितवनकी कल्पना मुडवरीसँग उनको फेसबुकमार्फत सम्पर्क भएको थियो । फेसबुकमा कल्पनाको आईडी ‘कल्पना पौड्याल’ रहेको छ ।

उनले आफूलाई कल्पना शाहीका रुपमा पनि चिनाउने गर्दथिन् । उनले आफ्नो फ्ल्याटमा आएका बोहरालाई नशालु पदार्थ खुवाएर लठ्ठ पारेपछि घुँडा र ह्याम्मरले संवेदनशील अंगमा हानेर ढाल्दै हत्या गरेको बताएको काठमाडौँ प्रहरीले जनाएको छ ।

आफैले हत्या गरिसकेपछि बाथरुममा लगेर बोहराको खुट्टा र टाउको काटेर सुटकेश र जेब्रा झोलामा हालेर फालेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् । शव फाल्नमा उनकी १६ वर्षीया छोरीले सघाएको र त्यसदिन राती नै एम्बुलेन्स बोलाएर कल्पना चितवन हिँडेकी थिइन् । प्रहरीले उनलाई चितवनबाट पक्राउ गरेको हो ।

किन भयो हत्या ? को हुन् गोंगबु हत्याकाण्डकी अभियुक्त ?

गोंगबुमा एक व्यक्तिको हत्या गरी टाउको छिनाएर शवलाई सुटकेसमा हालेर फ्याँकी फरार भएको अभियोगमा पक्राउ परेकी महिलाको तस्वीरसहितको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेकी महिला कल्पना मुडभरी (पौडेल) रहेको प्रहरीले जनाएको छ । उनी चितवन जिल्ला कालिका नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौं टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने गरेको प्रहरीको विवरणमा उल्लेख छ ।

३७ बर्षकी कल्पना पेशाले गृहिणी हुनुका साथै केही टेलिश्रृंखलामा अभिनय समेत गरेको प्रहरीले जनाएको छ । आइतबार शव भेटिएपछि अनुसन्धानको क्रममा उनलाई हिजो सोमबार चितवनको कालिका नगरपालिका वडा नं. ९ शक्तिखोर स्थित माईतीबाट पक्राउ गरिएको हो । प्रहरीको विवरणअनुसार मृतक र अभियुक्त कल्पनाबीच करिव ३/४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको खुलेको छ ।

कृष्ण समय–समयमा कल्पनाको कोठामा आइरहन्थे । केही टेलीशृंखलामा खेल्दै आएकी कल्पना र बोहोराबीच चिनजान हुँदा बोहरा विदेशमा थिए । कल्पना दुई वर्षयता श्रीमानभन्दा अलग बस्दै आएकी थिइन्।

मृतक कृष्णबहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको र बोहोराले कल्पनाको फोटो राखी फेक फेसबुक आइडी खोली चलाउने गरेको भन्ने बुझिएको समेत प्रहरीको विवरणमा उल्लेख छ । मृतक बोहोराले कल्पनालाई आफू अनुकूल चल्नको लागि दबाब दिने गरेको समेत अनुसन्धानको क्रममा खुलेको छ ।

बोहोरा घटनाको दिन आफू बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएका थिए । कोठामा आएका बोहोरालाई कल्पनाले दही, चिउरा, मासु र भोड्का खान दिएकी थिइन् ।

विगत सात–आठ महिनादेखि कृष्णबहादुर गोंगबुको एक गेस्टहाउसमा बस्ने गरेको कल्पनाले बयानमा बताएको प्रहरीले जानकारी दिएको छ।

कोठामा आएपछि कल्पनाले बोहोरालाई दही, चिउरा, मासु, र भोड्का खुवाइन् । कल्पनाले दहीमा निद्रा लाग्ने औषधि (सिल्पिङ ट्याब्लेट) राखेर लठ्ठ पारेको प्रहरी अनुसन्धानमा खुलेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

बोहरालाई लठ्ठ पारेपछि कल्पनाले हतौडाले अण्डकोषमा हानेको र सलले घाँटीमा थिचेर हत्या गरेको बयानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या गरेपछि बोहोराको शवलाई टुक्रा–टुक्रा पारेर फालिएको थियो ।

शवका टुक्रा फालेपछि चिनजानका व्यक्तिको एम्बुलेन्समार्फत आइतवार बिहानै कल्पना चितवनको कालिका नगरपालिका–७ घर गएर बसेकी थिइन् ।

हत्या गरी शव फालेपछि उनी त्यसै दिन बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको समेत खुलासा भएको छ |

प्रहरीको प्रारम्भिक सोधपुछमा कल्पनाले आइतबार बिहान प्रहरी र तालिम प्राप्त कुकुर घर अगाडिको बाटोमा देखेपछि आँत्तिएर साँझ चितवन गएको बताएकी छिन्।

प्रहरीले घटनास्थलबाट हिर्काउन प्रयोग भएको हतौडा, रगत लत्पतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरू, स्लिपिङ ट्याब्लेटको खोल, मोबाइल सेटहरू बरामद गरेको छ ।