१४ बैशाख २०८१, शुक्रबार

लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

Prem Raja Mahat

वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

उनले ध्यान राख्दाराख्दै पनि आफूहरु संक्रमणबाट बँच्न नसकेको र अहिले आफ्नै घरको एक कोठामा छोरा डा. सरगम महतको निगरानीमा आइसोसेलनमा बसेको फेसबुकमार्फत् जनाएका छन्।

लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् । उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।

उनले आफ्नो परिवारबाहेक यस्तो समस्या कसैलाई देखिएमा गोप्य नराखी समुदायलाई जानकारी दिन पनि आग्रह गरेका छन्।

‘यदि समयमै सतर्कता अपनाएनौं भने विश्व महामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउने छैन,’ उनले भनेका छन्।

उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।

कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् । यसो गरेमा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।

समुदाय का सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरू मा हार्दिक अपिल ।यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी…

Posted by Prem Raja Mahat on Friday, August 7, 2020