१४ बैशाख २०८१, शुक्रबार

महाराजगञ्जस्थित अमेरिकन दुतावास अगाडि मोटरसाईकल दुर्घटना

car bike accident

काठमाडौंको महाराजगञ्जस्थित अमेरिकन दुतावास अगाडि शुक्रबार राति १०:२० बजे मोटरसाईकल दुर्घटना हुँदा दुई युवक घाइते भएका छन् । टिचिङ अस्पतालबाट चक्रपथतर्फ जाँदै गरेको प्रदेश २- ०२००१ प २२७६ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको बा ४ ख २६२५ ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ भने उनीहरुको परीचय खुल्न सकेको छैन । प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।