२८ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा कोरोना संक्रमण फैलिएपछी हेटौंडा प्रवेश नाका बन्द

hetauda dao

भारत र तराइबाट मकवानपुर प्रवेश गर्ने चुरियामाई नाका बन्द हुने भएको छ ।

प्रदेश नं. २ पर्साको वीरगञ्जमा कोरोना संक्रमण फैलिदै गएको र हेटौडा– १० स्थित समिल रोडको एकै घरका दुई जनामा संक्रमण पुष्टि भएपछि बुधबार मकवानपुर जिल्ला प्रशासन कार्यालयले भारत र तराइबाट मकवानपुर पवेश गर्ने चुरियामाई नाका बन्द गर्ने निर्णय गरेको हो ।

यसैगरी मंगलबार संक्रमित भेटिएका हेटौँडा उपमहानगरपालिका– १० समिल रोडको सीता भवनलाई शिल गरिएको छ ।

यस्तै बुधबार मकवानपुरगढी गाउँपालिकाकामा पनि दुई जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै मकवानपुरमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

संक्रमितहरुलाई हेटौंडा ४ कर्रास्थित आइसोलेसन वार्डमा राखिएको छ ।

हेटौँडामा होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, हेल्थक्लब बन्द गरिएको छ ।

चुरियामाई नाकामा सुरक्षा पोष्ट खडा गरी अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने सवारी साधनमा चालक र सहचालकबाहेक यात्रु बोक्ने सवारी बन्द गरिएको छ ।