२५ बैशाख २०८१, मंगलवार

दाङमा प्रेमीकै अगाडि प्रेमिकामाथि सामुहिक बलात्कार

Rape 2

दाङको देउखुरीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । युवतीमाथि बलात्कार भएको केही समयमै प्रहरीले दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

राप्ती गाउँपालिका– ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षीया युवतीलाई राप्ती गाउँपालिका–४ का अन्दाजी २५ वर्षका अर्जुन विक, सोही वडाका २७ वर्षका प्रकाश नेपाली, २३ वर्षका इसब जिसी र १९ वर्षका भुपाल थापामगरले बलात्कार गरेको पिडित युवतीले प्रहरी समक्ष बताएकी छन् ।

बलात्कार अभियोग लागेका चार जनामध्ये २ जनालाई भालुवाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इसब जिसी र भुपाल थापा मगर रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गङ्गा बहादुर सारु मगरले जानकारी दिए । अन्य फरार दुई जनाको खोजी भइरहेको उनले बताए ।

पीडित युवती आफ्नो प्रेमीसँग गत साउन १६ गते दिउँसो घर नजिकको सामुदायिक जंगल नजिकै रहेको खोलामा नुहाउन गएका बेला चार जनाको समूहमा आएका ती युवाहरूले युवतीकी प्रेमीलाई कुटपिट गरि घाइते बनाएर बलात्कार गरेको पीडित युवतीको भनाइ छ ।

युवतीले प्रहरी समक्ष दिएको बयानअनुसार त्यो दिन महिनावारी भएकोले जंगलमा रहेको बगिया खोलामा नुहाउन गएकी थिएँ । नुहाएर कपडा बदल्ने बेला एक्कासी आएको युवाको समूहले प्रेमीलाई कुटपिट गरि घाइते बनायो ।

ती चार जनाको युवा समूहले कसैलाई भने ज्यान मार्ने समेत धम्की दिएको पीडित युवतीले बताएकी छन् । पीडित युवतीको स्वास्थ्य परिक्षणपछि जाहेरी समेत दर्ता भएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आरोपितमध्ये अर्जुन बिक र प्रकाश नेपाली फरार रहेको तथा उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ। 

सँगै गएका युवालाई कुटपिटपछि बलात्कार

पीडित किशोरी १९ वर्षीय एक जना किशोर साथीसँग दिउँसो घर नजिकैको जंगलमा घुम्न गएकी थिइन। घटना साउन १६ गते दिउँसोको हो।

उनीहरू शान्ति सामुदायिक वन र घण्टदेव सामुदायिक वनको सीमा क्षेत्रको जंगलमा घुम्दै थिए। त्यो दिन उनी महिनावारी भएकी थिइन।

हिँड्डुल गर्दा रक्तश्राप भएर कपडामा लागेपछि उनी जंगलमा रहेको बगिया खोलामा त्यो खुन सफा गर्न तथा नुहाउन भनेर गइन।

नुहाएर सकेपछि उनी खोलाको किनारमा कपडा फर्दै थिइन। एक्कासी ती चार युवाले उनलाई झम्टिए। उनीसँगै गएका किशोरले के गरेको भन्दै उनीहरूलाई तान्न खोजे।

उनीहरूले ती किशोरलाई उल्टै कुटपिट गरे। घाइते तुल्याए। ज्यान लिने धम्की दिए। एक्ला ती किशोरको कुनै जोर चलेन।

त्यसपछि ती किशोरीलाई चार जनाले समातेर लडाए। जबरजस्ती बलात्कार गर्न खोजे। किशोरीले आफू महिनावारी भएको भन्दै अनुनयविनय गरिन्। हात जोडिन्। तै उनको पुकार कसैले सुनेन। झन्डै आधा घन्टासम्म उनीहरूले ती किशोरीलाई लछारपछार पारे। मनपरी गरे। पीडित किशोरीले जोहरीमा यही कुरा उल्लेख गरेको इप्रका भालुवाङका प्रहरी प्रमुख मगरले जानकारी दिए।

घटनालगत्तै पीडित किशोरी र किशोरले प्रहरीलाई खबर गरे। पीडितका अनुसार प्रहरी घटनास्थलमा पुग्यो। सामान्य सोधपुछ गरेर त्यसै फर्कियो।

प्रहरी प्रमुख मगरले पनि सुरूमा आफूलाई जंगलमा युवाबीच कुटाकुट भएको भन्ने खबरमात्रै आएको जानकारी दिए। पीडित किशोरीले घटना भएकै दिन काठमाडौंमा बस्दै आएका आफ्ना अभिभावकलाई रुँदै आफूमाथि भएको अत्याचार बारे बताइन्। घटनाको दोस्रो दिन साउन १७ गते उनकी आमा काठमाडौंबाट घर आइन्। पीडित किशोरीका अभिभावक दुबै व्यवसायका लागि काठमाडौंमा बस्दै आएका छन्।

आमा आएपछि छोरी र उनीसँग घुम्न गएका तथा कुटाइ खाएका किशोर समेत इलाका प्रहरी कार्यालय भालुवाङमा पुगेर जाहेरी दिन खोजे। प्रहरीले पहिलो दिन कुरा सुन्यो मात्रै जाहेरी लिएन।

साउन १८ गते पीडित पक्ष इप्रका भालुवाङ पुग्यो। अनि किशोरीले लिखित रूपमा चार जनाविरूद्ध किटानी जाहेरी दिइन्। सोही दिन नै ती किशोरीको ल्याब परीक्षण भएको प्रहरीले बताएको छ।