१४ बैशाख २०८१, शुक्रबार

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि नेपालगञ्ज उपमहानगर कार्यालय सिल

Nepalgung

नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल।

जनप्रतिनिधि र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अनिश्चितकालका लागि सिल गरिएको छ।

सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको ओमबहादुर खड्काले जानकारी दिए ।

संक्रमणको उच्च जोखिमका कारण कार्यालय पूर्ण रूपमा सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिए।

उपमहानगरले सोमबार सूचना निकालेर कोरोना समुदायस्तरमै फैलिएको जानकारी दिएको छ। ‘यस कार्यालयमा कार्यरत केही जनप्रतिनिधि र कर्मचारीको भेरी अस्पतालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएकोले कार्यालय पनि संक्रमणको उच्च जोखिम छ,’ उनले भनेका छन्।

सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार बाँकेका आठ जना कोरोना संक्रमित भेटिएका छन्।