७ बैशाख २०८१, शुक्रबार

पर्सामा सेना, प्रहरी र कैदीबन्दी सहित थप ३४ जनामा कोरोना पुष्टि

birgunj ghantaghar

पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,नेपाल प्रहरी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन् ।

‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन्,’ उनले भने । कन्ट्याक्ट ट्रेसिङमा मात्रै नभएर पेड पीसीआर गराएकामा पनि कोरोना देखिएको उनले बताए ।

कोरोना संक्रमण पुष्टि हुनेमा डाक्टर, नेपाली सेना, नेपाल प्रहरी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका पनि रहेका छन् । कोरोना संक्रमित पुष्टि हुनेमा ३३ वर्षका १ जना नेपाली सेना, २७ वर्षका १ जना र ३६ वर्षका २ जना नेपाल प्रहरी, २२ र ४२ वर्षका २ जना वीरगन्ज कारागरका कर्मचारी, २५ वर्ष देखि ६५ वर्षसम्मका ६ जना वीरगन्ज कारागरमा रहेका कैदीबन्दी रहेको डा. उदय नारायण सिंहले बताए ।

संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् । वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो । नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी १ जना नारायणी अस्पतालका डाक्टर रहेका छन् भने वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १ जना वडा नम्बर १५ भिस्वाका ८ जना वडा नम्बर १० का २ जना वडा नम्बर ३२ का १ जना वडा नम्बर ५ का ३ जना वडा नम्बर २५ का ३ जना वडा नम्बर ९ र १२ का १/१ जना रहेका छन् ।

पर्सामा कोरोना संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या भइरहेको छ । यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन् । उनीहरु घरमै छन् । घरमै संक्रमित राख्दा होम आइसोलेसनको मापदण्ड पूरा नहुने भएकाले परिवारका अन्य सदस्यमा पनि संक्रमण फैलने जोखिम बढिरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले भने, ‘आइसोलेसनको व्यवस्थापन अझै हुन सकेको छैन, होम आइसोलेसनमा लापरबाही भयो भने परिवारमा संक्रमण फैलन सक्ने जोखिम हुन्छ ।’

पर्सा जिल्ला हरैया वडा नम्बर १ का ४० वर्षकी एक महिला रहेको डाक्टर सिंहले जानकारी दिए । साउन ८ गते देखि १२ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ३४ जना संक्रमण पुष्टि भएको जानकारी दिए ।

५० बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितलाई राखिएको छ । जसमध्ये पाँच जना आईसीयुमा छन् । आठ जनालाई त्रिजुद्ध स्कुलमा राखिएको छ । पाँच जना पर्सागढीमा, ३ जना सखुवाप्रसौनीमा र १ जनालाई ठोरीमै राखिएको छ । तर ती पालिकाहरुमा आइसोलेसन सेन्टर छैन ।

संक्रमितहरुलाई हाल नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्ड ६१ जना संक्रमितहरुले भरिएका कारण ७६ जनालाई घरमै राखिएको छ ।  बुधबार बिहान ३४ जना संक्रमण पुष्टि भएसंगै पर्सा जिल्लामा ३ सय ६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए ।

‘मास टेष्टिङ’बाट संकलन गरिएका १५ सयको हाराहारीमा स्वाबको नमुना परीक्षण हुन बाँकी छ ।