fbpx
६ बैशाख २०७८, सोमबार

आजदेखि भारी वर्षा, पाँच दिन भारी वर्षाको सम्भावना

आजदेखि देशका केही स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध । 

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आजदेखि भारी वर्षाको सम्भावना भएकाले सर्तकता अपनाउन अनुरोध गरेको छ ।

न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब‍ सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले आज रातिबाट भारी वर्षा हुने सम्भावना रहेको छ ।

नेपालमा मनसुन सक्रिय भई वर्षा ३/४ दिनसम्म देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम बर्षा र केहि स्थानहरुमा भारी बर्षा हुन सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशहरूका केही स्थानमा तथा प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा भई यो क्रम १६ साउनसम्म रहने विभागले हिजो जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

बुटवलको तिनाउ नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउने जोखिमतर्फ सचेत गराउँदै बिहान १० बजेसम्म सतर्क रहन भनिएको छ। 

भारी वर्षासँगै देशका थुप्रै स्थानहरुका नदी, खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

आज बिहान १ बजेदेखि चितवन, धादिङ, तनहुँ, स्याङजा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलबस्तु, रूपन्देही र आसपास धेरै स्थान र झापा, मोरङ, सुनसरी, सप्तरीको केही स्थानमा भारी वर्षा मापन भएको छ। 

ती जिल्ला र आसपासको स-साना खोलामा आकस्मिक बहाव हुनको साथै कमजोर भिरालो जमिनमा पहिरो जाने भएकोले बिहान सम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति, देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।