fbpx
१० बैशाख २०७८, शुक्रबार

घरखेडामा कार्यरत सबइञ्जिनीयर भट्ट घुससहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २० हजार घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा लिएको हो ।

सबइञ्जिनीयर भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मूल्याङ्कन गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । रासस