१३ बैशाख २०८१, बिहीबार

अपहरणको नाटक गर्ने युवा होटलमा युवतीसँग भेटिए

aparan

प्रहरीले अपहरण भएको नाटक गर्ने एक जनालाई पक्राउ गरेको छ।  

अपहरणको नाटक गरेर बसेका एक युवा काठमाडौंको एक होटलमा युवतीसँग फेला परेका छन् ।  काठमाडौं चुनदेवीका ३० वर्षका शक्तिराज रेग्मी असार २४ गतेदेखि हराएका थिए । उनी अहपरणमा परेको उजुरी प्रहरीमा परेको थियो ।

महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका-४ बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई पक्राउ गरेको छ।

उनी असार २४ गतेदेखि हराएको र अपहरणमा परेको हुन सक्ने भन्दै उनकी श्रीमतीलाई शुक्रबार महाशाखामा उजुरी दिएकी थिइन्।

सोही उजुरीमाथि अनुसन्धान हुँदा प्रहरीले उनको खोजी सुरू गरेको थियो। सोही क्रममा उनी मंगलबार राति फेला परेका हुन्।

महाशाखाका अनुसार रेग्मी घरबाट निस्किएर सम्पर्कविहीन भई अपहरणको नाटक गरी नयाँ बसपार्कस्थित सुगन्ध होटल बसिरहेका थिए। उनलाई प्रहरीले युवतीसँग बसिरहेको अवस्थामा फेला पारेको थियो।

प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनी साउन ६ गते बसपार्कस्थित सुगन्ध होटलमा एकजना युवतीसँग फेला परेका थिए । उनलाई पक्राउ गरेर लिइएको बयानमा उनले विभिन्न व्यक्तिहरुसँग जग्गा व्यवसाय गर्छु भनी करोडौं रुपैयाँ लिएको बुझिन आएको प्रहरी उपरीक्षक कार्कीले जनाएका छन् ।

उनले पैसा तिर्न नपरोस् भनि अपहरणको नाटक गरेको कार्कीले जानकारी दिए।

उनी अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिइ राज्यको स्रोत साधनहरुको समेत दुरुपयोग भएकाले आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ । उनीमाथि प्रहरीलाई थप अनुसन्धान गरिरहेको छ।