७ बैशाख २०८१, शुक्रबार

बन्धक बनाई फिरौती माग्ने तीनजना विराटनगरबाट पक्राउ

kifdnapper 3

विराटनगरमा व्यक्ति अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नंं.१६ दरैया बस्ने २० बषिर्य रोहित पण्डित, २१ बर्षिय अजय यादव र वडा नं.६ रामपुर बस्ने २८ बर्षिय सन्ध्या शर्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिएअनुसार उनीहरुले विराटनगर वडा नं. १८ खोस्का बस्ने अन्दाजी २३ बर्षिय सुभाष कामतको अपहरण गरी बन्धक बनाई १० लाख फिरौती माग गरेका थिए ।

पिडितका भाई विकास कामतले दिएको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको टोलिले दिउँसो करिब ३ बजेर ३० मिनेटमा सुभाष कामतलाई करिव दुई घण्टामै विराटनगर वडा नं. ६ रामपुरबाट उद्धार गरेको राइले जानकारी दिए । साथै उनीहरुलाई पक्राउ पछि शरीर बन्धक कसुरमा थप अनुसन्धान अगाडी बढाइएको राइले बताए|