१३ बैशाख २०८१, बिहीबार

तानसेन-बुटवल सडकखण्डमा पहिरो, एक ट्रक पुरियो (भिडियो सहित)

dumre landslide update

पटकपटक खुल्दै बन्दहुँदै आएको सिद्धार्थ राजमार्ग शनिबार पनि अबरुद्ध भएको छ । तानसेन-बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर रुपमा पहिरो खस्दा शुक्रबार रातीदेखि सडक अवरुद्ध भएको हो ।

सिद्धार्थ राजमार्गमा हिजो साँझदेखि गएको पहिरोले एउटा ट्रक पुरेको छ । चालक र सह चालक भने भागेर बाँच्न सफल भएका छन् ।

तानसेन नगरपालिका वडा नम्वर ८ को गैडेपुल नजिकै माथिबाट गएको पहिरोले लु १ क ११७५ नम्वरको ट्रक पुरेको हो । पहिरो खसेको देखेपछी पहिरो बाट बच्नका लागी ब्याक गर्ने क्रममा नालीमा फसेको लु १ क ११७५ नम्बरकाे ट्रक पहिरोले पुरिएको अवस्थामा रहेको छ ।

पहिरो पन्छाउन दुबै तर्फबाट डोजर लगाइए पनि दिनैभर सडक अबरुद्ध हुन सक्ने पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले बताएका छन् ।

त्यहाँको पहिरोका कारण बाग्लुङ्ग, गुल्मी, स्याङ्गजा , पाल्पा र पोखरातर्फ आवत जावत गर्ने यात्रुवाहक र मालवाहक सवारी साधन ठप्प भएका छन् ।