१५ बैशाख २०८१, शनिबार

धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको बिरामीको निधन

chitwan corona death

नेपालमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको हो ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको अस्पतालले श्रोतले जानकारी दिए।

‘उहाँको हिजो बेलुका ५ बजेतिर संक्रमण पोजेटिभ आयो तर राति साढे १० बजे उहाँको मृत्यु भयो,’ उनले भने।

गत बुधबार वृद्धलाई अस्पताल भर्ना गरिएको थियो। मुटुका विरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएको थियो।

त्यसपछि अस्पतालले आकस्मिक कक्षबाट उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

प्रवक्ता डा.सापकोटाले मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोगबाट समेत ग्रस्त रहेको बताए । मृतकको परिवारले उपचारका लागि अस्पताल ल्याएको हुनाले कन्ट्रयाक्ट ट्र्यासिङको कार्य समेत अघि बढाएको अस्पतालले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । उनको शवलाई  प्लास्टिकले बेरेर राखिएको उनले बताए ।

अहिले मृतकको शवलाई अस्पतालमै राखिएको छ। शवलाई व्यवस्थापन गर्नेबारे सेनाको टोलीसँग कुरा भइरहेको अस्पतालले जनाएको छ। यता सुरक्षा निकायले शवको व्यवस्थापन गर्ने भएकाले त्यसको तयारी भइरहेको प्रतिष्ठान जनाएको छ ।

यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।