१३ बैशाख २०८१, बिहीबार

इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ

it

इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत घुससहित प्रकाउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

उनलाई ६५ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले उपमहानगरका लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

इटहरी –६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समयदेखि सेवाग्राहीसँग कमिसन लिने गरेको सूचनाका आधारमा आयोगले पोखरेलमाथि निगरानी गर्दै आएको  थियो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न उनले सेवाग्राहीसँग ६५ हजार घुस मागेका थिए । उक्त रकम लिन बिहीबार साँझ उनी इटहरीको वीपी चोकमा रहेको समिप होटलमा पुगेका थिए ।

होटल अगाडी मोटरसाइकलको स्टार्ट बन्द नगरीभित्र पसेका पोखरेललाई घुस लिएर निस्कन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

उनलाई इटहरी –६ स्थित बिपी चोकस्थित समिप होटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको आरोपमा पक्राउ गरिएको  आयोग इटहरीले जनाएको छ । 

यो पटक भने एउटा विद्यालयको योजनामा कमिसन वापतको पैसा लिने बित्तिकै उनी पक्राउ परेका हुन्। उनीमाथि थप अनुसन्धान सुरु भएको छ।

news123 20200716164622