१४ बैशाख २०८१, शुक्रबार

अध्यक्षद्वय आ-आफ्नो अडानमा कायम, वार्ता निष्कर्शहिन

oli prachanda
फाइल फोटो

नेकपाक दुवै अध्यक्ष आ-आफ्नो अडानमा कायम रहेपछि दुई सातादेखी थालिएको वार्ता जहिले पनि निष्कर्श बिहिन हुँदै आएको छ ।

हिजो बालुवाटारमा भएको वार्तामा नेता नेपालको प्रवेशले केहि निष्कर्श आउने आशा गरिए पनि त्यस्ले कुनै प्रतिफल दिएन ।

हिजोको त्रिपक्षीय छलफलमा पनि दाहाल र नेपालले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पद नछाड्ने अडान यथावत राखेका छन्।

यसैबिच पटक पटक सर्दै आएको स्थायी कमिटी बैठक आज बस्दै छ । अध्यक्ष ओलीले स्थायी कमिटी बैठकको आज सामना गर्नुपर्ने छ । प्रधानमन्त्री ओलिको राजीनमाको कुरा स्थायी कमिटी बैठकमा उठदै आएको छ ।

स्थायी कमिटी बैठकमा पेस भएका एजेन्डा र पार्टी विवादमाथि छलफलका लागि भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ । यो सँगै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने नेकपा भित्रको माग कम्तीमा एक महिना पछाडि धकेलिने छ ।