१६ चैत्र २०८०, शुक्रबार

रियल मड्रीड्ले पछिल्लो तीन वर्षमा पहिलोपल्ट ला लिगा जित्यो, ओसासुना संग २-१ ले स्तब्ध बार्सिलोना

real madrid 2020 win

बिहीबार राती सकिएको खेलमा भिल्लारियललाई पराजित गर्दै ३४औं पटक स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ। बर्सिलोनासँग कडा प्रतिस्पर्धामा रहेको रियलले एक खेल बाँकी रहँदै उपाधि जितेको हो ।

करिम बेञ्जिमाले २९औं मिनेटको गोल र ७७औं मिनेटमा पेनाल्टी मार्फत गएको गोलले रियलले २ गोलको अग्रता लिएको हो । ८३औं मिनेटमा भिल्लारियलले सान्त्वना गोल गरेपनि हार टार्न सकेन।

barca vs osasuna

त्यसैगरी घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनले २-१ हार व्यहोरेको छ । १० खेलाडीमा सिमित ओसासुनासँग आफ्नो हार टार्न सकेन ।

ओसासुनाले खेलको १५औं मिनेटमा अग्रता लिएको थियो । ६२औ मिनेटमा मेसिले गोल गर्दै खेल बराबरीमा लगेका थिए । तर ७७औं मिनेटमा १० खेलाडीमा सिमित ओसासुनाले खेल को अन्तिम मिनेटमा (९०+४) गोल गर्दै जीत दर्ता गर्‍यो ।