१५ चैत्र २०८०, बिहीबार

स्पेनिस ला लिगामा आज ४ खेल हुने

LaLiga

स्पेनिस ला लिगा फुटबलमा आज राति चार वटा खेलहरु हुँदै छन् । ला लिगाको पहिलो खेलमा सेल्टाभिगो र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजेपछि सुरु हुनेछ । एथ्लेटिक क्लब लगातार दुई खेलमा बराबरी खेल्दै २ अंकका साथ तालिकाको ११ औं स्थानमा रहेको छ ।

सेल्टाभिगोले अहिलेसम्म एक अंक मात्रै जोडेको छ । उसले ओसासुनासँग बराबरी खेल्दै एक अंक जोडेको थियो ।

यस्तै आजैराति सवा ११ बजे दुई वटा खेल हुनेछन् । पहिलो खेलमा रियल सोसिडाड र लेभान्टे आमने सामने हुँदा सोही समयमा हुने अर्को खेलमा इल्चे र सेभिल्ला भिड्नेछन् । ला लिगाको अन्तिम खेलमा आज राति पौने २ बजे रियल बेटिस र रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ ।