१६ चैत्र २०८०, शुक्रबार

अध्यक्ष ओली भने: सबै पार्टी मिलेर पनि एमालेसँग लड्न सक्दैन

kp oli address scaled
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सबै पार्टी मिलेर पनि एमालेसँग लड्न नसक्ने दावी गरेका छन् ।

शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ । कसैले नचिताए हुन्छ ।’ १० वटा पार्टी मिल्दा पनि जम्माजम्मी १२० जना पुग्ने ओलीले दावी गरेका छन् ।

‘एक–एक दर्जन मान्छे भएका दश पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन रु १२० जनाको मोर्चाले कसरी हामीसँग लड्ने ? अरु सबै जोड्न पनि एमालेको कम्मर कम्मर मात्रै आउने हुन् ।’

ओलीले भने, ‘एमालेबाट को उम्मेदवार बन्छ, अहिले थाहा छैन, तर जो उठे पनि जित्छ । हामीले प्रतिस्पर्धा हुन दिने नै होइन ।’

माधव नेपालको पार्टीसँग केन्द्रिय समितिका ५५ र संसदीय दलका २९ बाहेक अरु मान्छे नभएको पनि बताए ।

पार्टी फुटाउनेहरुलाई कुलांगारको संज्ञा दिँदै ओलीले भने, ‘रुखबाट केही पातहरु खस्दैमा नयाँ पालुवा उम्रिन रोकिँदैन । पालुवाहरु पलाइरहेका छन् । चिन्ता लिनु पर्दैन ।’