१३ बैशाख २०८१, बिहीबार

चार खेल अगावै ३५औं पटक स्पेनिस ला लिगा फूटबलको उपाधि उचाल्यो रियल मड्रिडले

real

रियल मड्रिडले ३५औं पटक स्पेनिस ला लिगा फूटबलको उपाधि जितेको छ ।

गएराति स्पानियोललाई ४–० गोलले हराएको रियलले ४ खेल अगावै उपाधि उचालेको छ । घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेञ्जिमाले एक(एक गोल गरे ।

रोड्रिगोले ३३ औं र ४३ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि ५५ औं मिनेटमा एसेन्सियो र ८१ औं मिनेटमा बेञ्जिमाले गोल थपेका थिए ।

जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ । रियलको दोस्रो स्थानको सेभिया भन्दा १७ अंक बढी छ ।