१५ चैत्र २०८०, बिहीबार

करणकाे “जागौं युवा” टिमले सुरु गरे काेराेनाबाट बच्ने उपायकाे काम

jaagau yuwa 1

बिश्वब्यापि माहामारिकाे रुपमा फैलिएकाे काेराेना भाइरस अर्थात काेभिड १९ का कारण नेपाल पनि लगातार ४ महिनायता लकडाउनकाे अबस्थामा रहेकाे छ ।

यस भाइरसको नियन्त्रण अझ हुन नसकेपनि पछिल्लो समय भने मानिसहरु विस्तारै पुरानै दैनिकीमा फर्किरहेका छन । नेपालमा काेभिड १९ काे जाेखिमकाे कारण बन्द भएका व्यापार व्यवसायदेखि होटल रेष्टुराँहरु खुल्ने क्रम बढ्दै गर्दा सजकता नअपनाए समुदायस्तरमा थप जोखिम बढ्ने विज्ञहरुले चेतावनी दिइरहेका छन् ।

यसै बीचमा राजधानीमा युवाहरुको एक टाेलीले यस सम्बन्धि अभियान चलाएर जोखिम न्युनिकरणको लागी कदम अघि बढाएको छ ।

एक समयका फिल्म अभिनेता तथा निर्माता र हालका बितरक करण श्रेष्ठ सहितको टिमले उक्त कार्य सुरु गरेका हुन । उनिहरुले कोरोनाबाट बच्न ‘अनिवार्य रुपमा मास्कको प्रयोग गरौं’ भन्ने नारा लिएर अभियान सुरु गरेको हुन ।

राजधानीको अनामनगरबाट सुरु गरिएको अभियान प्रत्येक दिन फरकफरक ठाउँमा गरिने करणले बताए ।

अहिले मास्कको उपयोगीता ‘वान टू वान’ बुझाउँदै छौं, नलगाइ हिँड्नेलाई मास्क वितरण गरिरहेकाे र ‘योसँगै चोक चोक र धेरै भिडभाड हुने ठाउँमा साबुन र पानीको व्यवस्था गर्दै हात धुने वातावरण पनि बनाउँदै गरेका भाताएका छन ।

जागौं युवा अभियानको तर्फबाट शुरु गरिएको यो अभियानलाई अनामनगरहुँदै पुतलिसडक, मैंतिदेवी, चावहिल, बानेश्वर, कोटेश्वर, सातदोबाटो, जावलाखेल लगायतका ठाउँमा पनि तिब्रता दिइने बताइएको छ ।

उक्त अभियानको नाममा कोरोनाबाट बच्ने सावधानीका उपायहरु लेखिएका चेतनामुलक प्रचार पम्पलेटहरु समेत विभिन्न ठाउँमा टाँसिरहेका छन । २ बर्षबाट सक्रीय रहेका यस टिमले यसअघि अनामनगर हरियाली अभियान चलाइएको थियो जसमा अनामनगर क्षेत्रमा सयौं विरुवाहरु रोपेका थिए ।

jaagau yuwa