१४ बैशाख २०८१, शुक्रबार

भारतबाट फर्किएका एकको कोभिड्को कारण निधन, काठमाडौंमा थप ७ संक्रमित थपिए

chitwan corona death
सांकेतिक तस्विर

नेपालमा आज (मंगलबार) ५०९० पिसिआर टेस्ट भएकोमा थप ११६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार १७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६९७ जना र आज सम्म १०,३२८ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । हाल सक्रीय संक्रमित संख्या ६११४जना रहेका छन ।

काठमाडौंमा थप ७ संक्रमित थपिएका छन ।

प्रदेश अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा २४ जना, प्रदेश ५ मा १ जना, सुदुर पश्चिम प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा ४० जना, बाग्मती प्रदेशमा १८ जना, प्रदेश १ मा ३ जना र गण्डकी प्रदेशमा २७ संक्रमित भेटिएका छन ।

रौतहटका परोहा नगरपालिकाका ३६ वर्षीय पुरुषको बुधवार दिउँसो निधन भएको डा. गौतमले बताए।

मृतकका परिवारका सदस्य कोभिड-१९ बाट मृत्यु भएको आफन्तको अन्तिम संस्कारका लागि भारत भ्रमण गरेको बताइएको छ। भारतबाट फर्किएर आएपछी उनि क्वारेन्टिनमा बसेका थिए ।

असार २९ गते रुघा खोकी देखिएपछी उनलाई नरायणी उप-क्षत्रीय अस्पतालमा भर्ना गरिएको थियो । आज दिउँसो २:३० बजे भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको निधन भएको बताइएको छ ।