८ बैशाख २०८१, शनिबार

चीनपछि अमेरिकामा पनि फैलियो प्लेग, मुसाबाट टाढै रहन आग्रह

squirrel

चीनपछि अब अमेरिकाको कोलोराडोमा एक लोखर्केमा बुबोनिक प्लेगको संक्रमण देखिएको छ । कोलोराडोमा एउटा लोखर्केमा बुबोनिक प्लेग देखिएको छ ।

ज्ञात इतिहासमा ब्युबोनिक प्लेग संसारमा तीनपटक फैलिएको छ । पहिलोपटक यसले पाँच करोड, दोस्रोपटक युरोपको एक तिहाइ जनसंख्या र तेस्रोपटक ८० हजारजनाको ज्यान लिएको थियो । 

अमेरिकाको कोलोराडोमा एक लोखर्केमा ब्युबोनिक प्लेग नामक खतरनाक महामारीको संक्रमण भेटिएको छ । दश दिनअघि चीनको इन्नर मंगोलियामा पनि ब्युबोनिक प्लेग फैलिएको खबर आएको थियो । चीनबाट आएको कोरोना जसरी नै प्लेग नफैलियोस् भनेर वैज्ञानिकहरु सतर्क देखिएका छन् ।

झन्डै १० दिनअघि चीनको आन्तरिक मंगोलियाका दुई व्यक्तिमा बुबोनिक प्लेग देखिएको समाचार बाहिरिएको थियो । बुबोनिक प्लेगले संसामार तीनपटक महामारीको रुप लिइसकेको छ ।

अहिले फेरि १० दिनभित्रै चीन र त्यसपछि अमेरिकामा यो रोग देखिएको छ । अमेरिकाको कोलोराडोस्थित मोरिसनब बस्तीमा ११ जुलाईमा एक लोखर्केमा प्लेगको संक्रमण देखिएको हो ।

कोरोराडोमा स्थानीय प्रशासनले मानिसहरुलाई सतर्क रहन चेतावनी जारी गरेको छ । त्यस्तै घरमा मुसा, लोखर्के र न्याउरीमुसाबाट टाढै रहन भनेको छ । 

बुबोनिक प्लेग मुसामा पाइने ब्याक्टेयिाबाट फैलन्छ । यस ब्याक्टेरियाको नाम यर्सिनिया पेस्टिस ब्याक्टेरियम हो । यो ब्याक्टेरियाले रगत, फोक्सोलगायत शरीरका विभिन्न भागमा हमला गर्छ । प्लेग लागेपछि औंलाहरु कालो भएर सुन्निन थाल्छन्, नाकको अवस्था पनि त्यस्तै हुन्छ ।

यसले शरीरका अंगलाई कालो बनाएर सडाइदिन्छ र फतफत झारिदिन्छ । 

यसले गर्दा शरीरमा असह्य पीडा र चर्को ज्वरो आउँछ । दुईतीन दिनमा फोका निस्कन थाल्छ । १४ दिनमा फोका पाक्छन् । अनि शरीर दुखेको दुख्यै गर्छ । 

बुबोनिक प्लेगबाट शरीरमा सहनै नसक्ने दुखाई तथा ज्वरो निम्तन्छ । नाडी तेज चल्न थाल्छ । बुबोनिक प्लेग सबैभन्दा पहिले मुसालाई हुन्छ ।

मुसामा लाग्ने एक किसिमको किराले यस्तो प्लेग बोकेको हुन्छ र मुसा मरेपछि त्यस किरोमार्फत यस प्लेगको ब्याक्टेरिया मानव शरीरमा प्रवेश गर्छ । जब त्यस किराले मानिसलाई टोक्छ, तब उसले संक्रामक विष मानिसको रगतमा छोडिदिएको हुन्छ ।

यसपछि मानिस संक्रमित हुन थाल्छ । मुसा मर्न सुरु भएको दुई वा तीन हप्तापछि मानिसमा प्लेग फैलन्छ । संसारभर २०१० देखि २०१५ सम्म बुबोनिक प्लेगका झन्डै ३ हजार २ सय ४८ वटा घटना देखिएका थिए । त्यसमध्ये ५ सय ८४ जनाको मृत्यु भयो । यी वर्षहरुमा धेरै घटना कंगो, मदागास्कर र पेरुमा देखिएको थियो ।

१९७० देखि १९८० को दशकमा चीन, भारत, रुस, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण अमेरिकी देशमा प्लेग फैलिएको थियो ।

बुबोनिक प्लेगलाई नै छैटौं र आठौं शताब्दीमा प्लेग अफ जस्टिनियन भनिएको थियो, यस रोगका कारण त्यतिबेला संसारका २ करोड ५० लाखदेखि ५ करोड मानिसको ज्यान गएको थियो । बुबोनिक प्लेगको दोस्रो आक्रमण १३४७ मा भयो ।

यसलाई त्यतिबेला ब्ल्याक डेथ भनिएको थियो । यस क्रममा युरोपको एक तिहाई जनसंख्या समाप्त भयो । बुबोनिक प्लेगको तेस्रो हमला १८९४ को आपपास भएको थियो । तब यसले ८० हजार मानिसको ज्यान लियो । यसको धेरै असर हङकङ आसपास देखिएको थियो । भारतमा १९९४ मा पाँच राज्यमा बुबोनिक प्लेगका झन्डै ७ सय केस देखिएका थिए । जसमध्ये ५२ जनाको मृत्यु भएको थियो । एजेन्सी

    सम्बन्धित समाचार...