४ बैशाख २०८१, मंगलवार

कर्णाली प्रदेशका सांसदलाई देखियो कोरोना

corona 1

कर्णाली प्रदेशका एक जना सांसदलाई पनि कोरोना पोजेटिभ देखिएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने एक जना सांसदलाई कोरोना देखिएको प्रदेश सभाले जनाएको छ।

कर्णालीको प्रदेश सभाका प्रभावशाली सांसदमा कोरोना देखिएपछि प्रदेश सभामा त्रास बढेको छ । ती प्रदेश सांसदसहित अन्य ३ जनाको स्वाब प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जाँच गर्दा कोरोना पुष्टि भएको छ ।

सोमबार गरिएको पिसिआर परीक्षण गर्दा उनमा कोरोना देखिएको हो। कोरोना पोजेटिभ सांसदलाई आइसोलेसनमा राखिएको छ।

उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

एक जनालाई कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहरूको ट्रेसिङ भइरहेको सभामुख राजबहादुर शााहीले बताए।

उनले भने, ‘कोरोना भएका सदस्य आइसोलेसनमा बस्नुहुन्छ, अरुको ट्रेसिङ भइरहेको छ।’

ती सांसदका प्रमुख स्वकीय सचिवले कोरोना देखिएको पुष्टि गरे । ‘उहाँमा कोरोना देखिएको छ । उहाँ अहिले वीरेन्द्रनगरमा रहेको कोठामा सेल्फ आइसोलेसनमा बस्नुभएको छ । उहाँ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हुनुहुन्छ,’ उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’

हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ। सांसदमा नै कोरोना पुष्टि भएपछि संसद बैठकबारे पनि सोच्नुपर्ने अवस्था आएको सभामुख शाहीले बताए।