११ बैशाख २०८१, मंगलवार

“अब ओलीलाई छाडा छोड्नु खतरनाक हुन्” : बाबुराम भट्टराई

Baburam Bhattarai
फाइल फोटो

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्दा खतरनाक हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार आफ्नै निवासमा आयोजित कार्यक्रममा अयोध्या वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको ठोरी गाउँमा पर्ने भन्दै भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।

डा. भट्टराईले मंगलबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्तिप्रति ओलीले आलोचना गरेका छन् ।

डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको वचन/कर्मले सीमा नाघेको बताएका छन् । प्रधानमन्त्री ओलीका बचन र कर्मले सीमा नाघेको बताउदै अब उनलाई छाडा छोड्नु खतरनाक हुने बताएका छन् ।

ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा उहाँको चिन्तनप्रणाली स्वस्थ्य देखिन्न ।’

डा. भट्टराईको प्रतिक्रियाप्रति अधिकांशले आपत्ति जनाएका छन् । उनीहरुको प्रश्न छ, ‘भारतले खण्डन गर्नुपर्ने विषयमा तपाईँ किन बोलेको ?’

डा.भट्टराईले संसद स्थगत गरेर अध्यादेश र संकटकालको खड्ग समेत ओलीले आफ्नो हातमा लिएको भन्दै त्यसको विरोध जनाएका छन् । उनले अब ओलीलाई छाडा छोड्न नहुने भन्दै उपचार खोज्नुपर्ने समेत बताएका छन् ।