११ बैशाख २०८१, मंगलवार

शेषमती पुलनजिक लुटपाट गरी भाग्दै गरेको अवस्थामा तीनजना पक्राउ

NEPAL POLICE

काठमाडौं महानगरपालिका-१६ शेषमती पुल नजिक तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा बस्ने ५० वर्षीय पुरुषको नगद ५ हजार १ सय २५ रुपैयाँ र १ थान स्यामसुङ मोबाइल लुटी भाग्दै गरेको अवस्थामा धादिङ घर भई काठमाडौं महानगरपालिका कलंकी बस्ने २१ वर्षीय सौरभ क्षेत्री लगायत ३ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बालाजु माछापोखरीबाट घर जाने क्रममा ती पुरुषको साथबाट उक्त नगद तथा मोबाइल लुटी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।