६ चैत्र २०८०, मंगलवार

मनमैजुमा भएको हत्याकाण्डका मुख्य आरोपी पक्राउ

crime
सांकेतिक तस्विर

काठमाडौंको टोखा नगरपालिका-९ मनमैजुस्थित मितेरी पुलमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आज गोंगवुको सुकुम्बासी टोल क्षेत्रबाट पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए। पक्राउ पर्नेमा २४ वर्षीय आङदोर्जे शेर्पा छन्। उनी माइक्रो चालक रहेको प्रहरीले जनाएको छ।

शुक्रबार राति बसन्त टोलमा रहेको गोर्खाली खाजा घरमा शेर्पा र लक्ष्मण तामाङको समूहबीच झगडा भएको थियो । त्यसक्रममा काठमाडौं-१६ बसन्तनगरका आङदोर्जे शेर्पाले नुवाकोट घर भई तारकेश्वरमा बस्ने लक्ष्मणलाई छुरा प्रहार गरेका थिए ।

खाजा खाइरहेको समयमा शेर्पा र तामाङ पक्षबीच विवाद भएपछि उनीमाथि छुरा प्रहार भएको थियो। ‘घटनामा संलग्न चारै जना पक्राउ परिसकेका छन्। घटनामा संलग्न रहेका अरू तीन जनालाई यसअघि नै प्रहरी पक्राउ गरिसकेको थियो। शेर्पा भने फरार भएका थिए।

उनको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि भागेका शेर्पालाई भने माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ,’ महाशाखाका एसएसपी थापाले भने।

हत्या गरिएका व्यक्तिको शव ग्रीनसिटी अस्पतालमा नै रहेको र अब पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याउने प्रहरीले जनाएको छ।